जाडो मौसमलाई लक्षित गर्दै सिजी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु बजारमा

जाडो मौसमलाई लक्षित गर्दै सिजी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु बजारमा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा ठुलो ब्राण्ड सिजीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ।

जाडो बढेसँगै आफू र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सिजीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, एसि इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराइएको हाे ।

जाडो मौसममा तातो पानि पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानि तातो राख्नलाई थर्मस तथा भ्याकुम फल्याक्स पनि उपलब्ध गराइएको छ। त्यसैगरी सिजीद्वारा बजारमा सर्वत्र उपलब्ध गराइ आएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको छ।

साथै, मोटरमा १० वर्षको वारेन्टी भएको सिजीको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ । अन्ततः सिजि र सिजि मेरिडियाको गिजरको प्रयोग गरि तातो पानिले नुहाउँदा आनन्द महसुस हुनका साथै एसिको प्रयोग गरि न्यानो रहन पनि सहज हुने कम्पनीले जनाएको छ।

सिजीले आफना विन्टर प्रोडक्टसहरु, जस्तै, वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ।

जाडोमा न्यानोपनको अनुभूति गर्न, एवम चिसो मौसमबाट बच्न आजै आफ्नो नजिकैको सि.जी स्टोरमा गएर अथवा घरै बसि बसि सिजीको वोइब साइटबाट सिजीका नयाँ विन्टर प्रोडक्टसहरु खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ ।

Logo