अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

केन्द्रबिन्दु
27
Shares

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्ण रुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

‘कानुनले जातीय विभेदलाई पूर्ण रुपमा बर्जित गरेको भए पनि हाम्रो समाजमा अझै पनि दलित र गैरदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन् ।’ उनले भने, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’

पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच मंगलबार उनीहरूलाई सम्मान गरिएको उनले जानकारी दिए ।

दलित र गैरदलितबीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सीपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए । ‘‘दीर्घकालिन रुपमा उहाँहरूले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ । यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’’, उनले भने ।

Logo