काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कान्तिपुर एयर ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा रहेको ४० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले उक्त संस्थापक सेयर किन्न इच्छुकले प्रतिकित्ता एक सय रुपैयाँका दरले किन्न सक्ने बताएको छ । उक्त सेयर खरिदको पहिलो प्राथमिकता संस्थापक समूहका सेयरधनीहरूलाई रहेको हुँदा सर्वसाधारणले यो सेयर किन्न पाउने छैनन् ।
बैंकका अनुसार इच्छुक संस्थापक समूहका सेयरधनीहरूले मंसिरको १६ गते कार्यालय समयभित्र बैंकको कर्पोरेट कार्यालय मोरङमा गएर निवेदन दिन सक्ने छन् ।
संस्थापक सेयर खरिद गर्न प्रकाशित सूचनाको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट प्रस्ताव नपरेमा अन्य खरिदकर्ताहरूलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने समेत सूचनामा उल्लेख छ ।





























प्रतिक्रिया