आशा लघुवितको आइपिओ खुल्यो

आशा लघुवितको आइपिओ खुल्यो

केन्द्रबिन्दु
0
Shares

आशा लघुवित वित्तीय संस्था लिमिटेडले आजबाट आइपिओ खुला गरेको छ।

आशा लघुवित्तले सर्वसाधारणका लागि ६ लाख ७४ हजार कित्ताको आईपीओ निष्कासन गरेको हो । आईपीओ छिटोमा २२ र ढिलोमा फागुन १९ गतेसम्म आवेदन खुला हुने कम्पनीले जनाएको छ।

यो संस्थाले एक सय रुपैयाँमा आवेदन माग गरेको आईपीओ न्युनतम १० र अधिकतम ३३ सय ७० कित्तासम्म आवेदन दिन पाइन्छ । यसको विक्री गर्न लागेको साधारण शेयरमध्ये १० हजार ३७० कित्ता कर्मचारीलाई र ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

यो संस्थाले इक्रा नेपालबाट ग्रेड ४ को स्वीकृती पाएको छ । यो संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

Logo