चियाको बजारीकरण र व्यावसायिकीकरणको समस्याबारे मन्त्रीसँग छलफल

चियाको बजारीकरण र व्यावसायिकीकरणको समस्याबारे मन्त्रीसँग छलफल

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले इलाममा चियाको बजारीकरण र व्यावसायिकीकरणमा देखिएका समस्याबारे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग छलफल गरेका छन् ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवसहितको छलफलमा इलामका व्यवसायीहरूको तर्फबाट सर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एशोसियसन नेपालका उपाध्यक्ष अभिनन्द गिरिले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा भारतीय बजारमा मात्रै निर्भर हुँदा पटक पटक समस्या आउने गरेको गुनासो पोखे ।

साथै चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि विभिन्न देशससँग छलफल तथा आवश्यक पहलका लागि मन्त्रीको ध्यानाकर्षण समेत गराए ।

युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया निर्यात गर्दा भारतीय कस्टमले दुःख दिने गरेको व्यवसायीहरूको भनाइ छ ।

पूर्वी नेपालको सीमा नाका पानीट्यांकीस्थित भारतीय कस्टमले इलाम र पाँचथरको प्रमाणित अर्गानिक चिया निकासीमा विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

Skip This
Skip This
Logo