तुलसी आयुर्वेदिक प्रालिद्वारा उत्पादित १६ जटिबुटीको मिश्रण रहेको मालिस तेल बजारमा

तुलसी आयुर्वेदिक प्रालिद्वारा उत्पादित १६ जटिबुटीको मिश्रण रहेको मालिस तेल बजारमा

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । तुलसी आयुर्वेदिक प्रालिद्वारा उत्पादित १६ जडिबुटीको मिश्रण रहेको तुलसी मालिस तेल बजारमा आएको छ । यस तेलको प्रयोगले बाथरोग, हाडजोर्नीको दुखाइ कम गर्ने, शरीर पोल्ने, झमझमाउने समस्या र लिगामेन्ट खिएको समस्या निवारण गर्ने जनाइएको छ ।

तुलसी मालिस तेल, तुलसी मालिस रोलर र तुलसी पत्र पोटलीको कम्बो बजारमा ल्याएको उत्पादक तुलसी आयुर्वेदिक प्रालिले जनाएको छ ।

कम्पनीका सिईओ शिव बसाैलाले मंगलबार एक कार्यक्रमका बीच तुलसी मालिस तेलको साथमा पत्र पोटली, स्वदेन र रोलर सार्वजनिक गरेका हुन् । शरीरको प्रभावित भागमा यो तेलले मालिस गर्दा युरिक एसिडको समस्या र सबैखाले शरीरको दुखाइमा राहत पुग्ने उत्पादकको दाबी छ ।

यसमा आयुर्वेदिक जडीबुटी जाइफल, ज्वानो, तुलसीको तेल, चमसुर, ल्वाङसिमलीको तेल, सेता ज्वानो र पातीलगायतको समिश्रण रहेको छ । यस तेलको प्रयोगले विनासाइड इफेक्ट दुखाइबाट राहत मिल्ने जनाइएको छ ।

विश्वबजारमा नेपाली आयुर्वेदिक उत्पादनको माग बढ्दो छ । तुलसी मालिस तेलले पनि अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने जनाएको छ ।

Skip This
Skip This
Logo