सिजी मोटर्स र टिटि ग्लोबलद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण

सिजी मोटर्स र टिटि ग्लोबलद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण

केन्द्रबिन्दु
75
Shares

काठमाडाैं । सिजी मोटर्स प्रालिले पोखराका लागि डिलर टिटि ग्लोबल प्रालिकाे सहकार्यमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ ।

सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् ।

कम्पनीको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ । चार्जिङ स्टेसन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको बताए ।

सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।

टिटि ग्लोबलले पोखराका लागि केवाइसी, किङलङ, नेटा, रिडारा र अवतार गाडीको बिक्री वितरण गर्दै आइरहेको छ । टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले बताए ।

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सीजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ । केहि दिन अघि बागडोलमा नयाँ सर्विस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्भिस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रिको सञ्जाल गरि सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर छ ।

Logo