एक्सपेङ जी६ इभी पोखरामा भव्य रुपमा लन्च

एक्सपेङ जी६ इभी पोखरामा भव्य रुपमा लन्च

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । एक्सपेङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ जी६ इभी पोखरामा भव्य रुपमा लन्च गरेको छ ।

सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक घोषणा गरेको हो । यसबाट एक्सपेङको उपस्थिति थप विस्तार भएको कम्पनीको दाबी छ ।

सो अवसरमा अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्सपेङ ब्रान्डको परिचय गराएका थिए । साथै, सीजी मोटर्सका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।

सो अवसरमा अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ युनिट जी६ एसयूभी पनि हस्तान्तरण गरेको छ।

Logo