काठमाडौं । अटो इन्डस्ट्रीको सबैभन्दा ठुलो कार्यक्रम भारत मोबिलिटी एक्स्पो सन् २०२५ जनवरीमा हुने भएको छ ।
जनवरी १७ देखि २२ सम्म हुने कार्यक्रम दिल्ली एनसीआरको प्रगति मैदान, इन्डिया इन्टरनेशनल कन्भेन्शन एण्ड एक्सपो सेन्टर र ग्रेटर नोएडाको इन्डिया एक्सपो सेन्टर एण्ड मार्टमा आयोजना हुनेछ ।
उक्त कार्यक्रममा बीएमडब्ल्यु, बीवाईडी, हुन्डाई, इसुजु, किया, लेक्सस, महिन्द्रा, मारुती सुजुकी, मर्सिडीज बेन्ज, एमजी, पोर्शे, स्कोडा, फक्सवागन, टाटा मोटर्स, टोयोटा र भिनफास्ट जस्ता ब्राण्डले आफ्नो सहभागिता जनाउने पुष्टि भएको छ । साथै आउँदो केही हप्तामा औडी, ल्यान्ड रोभर, रेनो, निसान, मासेराटी, जीप, फोर्स मोटर्स, लोटस जस्ता ओईएम पनि सो कार्यक्रममा सामेल हुने जानकारी दिइएको छ ।
भारत मोबिलिटी एक्सपोमा केही नयाँ मोडलहरु पनि प्रस्तुत गर्न सकिनेछ ।































प्रतिक्रिया