श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति ?

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट मंसिर १८ गते सञ्चालक समितिको ३५० औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कायम चुक्ता पूँजी ९८ करोड १६ लाख ८३ हजार २०० रुपैयाँको कुल १.९६४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश दिने कम्पनीले जानकारी दिएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भई कम्पनीको आगामी ३०औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीलाई वितरण गरिने बताइएको छ ।

Logo