नेपाल एसबिआई बैंकले गर्‍यो लाभांश घोषणा, ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस दिने

नेपाल एसबिआई बैंकले गर्‍यो लाभांश घोषणा, ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस दिने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाल एसबिआई बैंकले लाभांशको घोषणा गरेको छ । बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको ५२१ औँ बैठकले लाभांश घोषणा गरेको हो । 

बैंकको गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० अर्ब ५० करोड १ लाख ५२ हजारको २८२ रुपैयाँको कुल १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ।  

जसमध्ये ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने बैंकले जानकारी दिएको छ  । 

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी ३१औँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Logo