यी हुन् नेपालमा पछिल्लोसमय सार्वजनिक भएका दुई प्राङ्ग्रे सवारी, कस्ता छन् विशेषता ?

यी हुन् नेपालमा पछिल्लोसमय सार्वजनिक भएका दुई प्राङ्ग्रे सवारी, कस्ता छन् विशेषता ?

केन्द्रबिन्दु
108
Shares

काठमाडाैं । नेपाली अटो मार्केटमा दुई पाङ्ग्रे सवारीको हिस्सा निकै ठूलो छ । नेपालमा बाइक र स्कुटरको माग लगातार बढिरहँदा नयाँ–नयाँ मोडलका सवारी सार्वजनिक हुने क्रम उत्तिकै छ । पछिल्लो समय दुई पाङ्ग्रेमा इलेक्ट्रिक सवारी आइराख्दा यसले ग्राहकलाई थप नयाँ अनुभवको प्रदान गरिरहेको छ ।

विशेषगरी शहरी क्षेत्रहरूमा ट्राफिक घनत्व उच्च हुने साथै सार्वजनिक यातायातको विकल्पमा दुई पाङ्ग्रे सवारीहरू धेरै लोकप्रिय छन् । नयाँ मात्र नभई पुरानै मोडलका बाइक तथा स्कुटरहरू पनि अपडेट भएर बजारमा आउँदा ति सवारीले समेत ग्राहकबाट निकै चर्चा पाइरहेको पाइन्छ ।

बजारको विस्तार र बढ्दो मागलाई ध्यानमा राख्दै दुई पाङ्ग्रे सवारीका बिक्रेता कम्पनीहरूले नयाँ मोडेल र अधिक किफायती विकल्प उपलब्ध गराइरहेका छन् । दुई पाङ्ग्रेमा नयाँ मोडलका सवारीहरू आइराख्दा आम उपभोक्ताकोसमेत ति मोटरसाइकलले ध्यान केन्द्रित गरिरहेका छन् ।

आधुनिक फिचरहरू समावेश भई नेपाली सडकका लागिसमेत उपयुक्त भएका आएकाले युवा प्रति दुई पाङ्ग्रेको क्रेज निकै छ । आज हामी तपाईंहरुलाई पछिल्लो समय सार्वजनिक भएका मोटरसाइकल तथा स्कुटरको बारेमा जानकारी दिनेछौं ।

आउनुहोस्, ति सवारीको मूल्य र विशेषता जानौं ।

क्लासिक ३५० सिग्नल्स एडिसन

नेपाली बजारमा भर्खरै सार्वजनिक भएको मोटरसाइकल हो, रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले ल्याएको यो बाइक आम युवाको माझ नै लोकप्रिय बनिसकेको छ ।

३५० सीसी इन्जिन भएकोको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्त्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिएको छ । कम्पनीले उक्त मोटरसाइकल मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ तोकेको छ ।
सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा क्लासिक ३५० सिग्नल्स एडिसन उपलब्ध छ । यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव दिने प्रदान गर्नेछ ।

नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका फिचर यस मोटरसाइकलमा उपलब्ध छन् । यसैगरी यो मोटरसाइकलमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर रहेको छ भने पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ ।

टिभिएसको इलेक्ट्रिक आईक्युब स्कुटर

नेपालमा ईभी सवारीको प्रयोगले प्राथमिकता पाउँदै जाँदा टिभिएसले पनि नेपालमा आफ्नो नयाँ स्कुटर सार्वजनिक गरेको छ । टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको इलेक्ट्रिक ‘टिभिएस आइक्युब’ को प्रयोग नेपाली सडकमा बढ्न थालिसकेको छ ।

टिभिएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट भएको यो स्कुटर ६ आकर्षक रङहरूमा उपलब्ध छन् । कम्पनीले टिभिएस आइक्युबको शुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ । पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता यस स्कुटरको खास विशेषता हो । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अप्सनहरू रहेका कम्पनीको भनाइ छ ।

विश्वभरी ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्ड रोजिसकेका छन् । ब्याट्री क्षमता २.२ किलोवाट आवर भएको यो स्कुटरको टप स्पिड ७५ किमी प्रतिघण्टाका रहेको छ । ५ इन्चको रंगीन टिएफटी स्क्रिन भएको टिभिएस आईक्युब २ घण्टामा फुल चार्ज हुने हुन्छ ।

बजाज पल्सर एनएस २००

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को अपग्रेड गरी बिक्री वितरण सुरु गरी सकेको छ । पहिला नै नेपाली युवाहरूको रोजनाइमा पर्ने यो बाइकमा ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको हो ।

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको कम्पनीले बताएको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ । बाइकमा ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ ।
यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट र इन्धन खपतको डेटा रहेको छ ।

अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ । नयाँ बजाज पल्सर एनएस २०० को मूल्य ४ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएसको एफआई इन्जिनयुक्त बाइक र स्कुटर

टीभीएसले नेपाली बजारमा आफ्नो अपडेटेड फ्युल इन्जेक्ट (एफआई सहितको बाइक तथा स्कुटर सर्वजनिक गरी बिक्री विरण सुरु गरिसकेको छ । करिव ४ महिला अगाडि सार्वजनिक गरेको बाइकमा रेडर र रेडियन छन् भने स्कुटर एनटर्क मोडलमा रहेका छन् ।

नयाँ रेडरेको मूल्य २ लाख ९२ हजार ९०० र रेडियन बाइकको मूल्य २ लाख ६३ हजार ९०० रुपैयाँ तोकेको छ । यस्तै कम्पनीले एनटर्क स्कुटरको मूल्य २ लाख७६ हजार ९०० रुपैयाँ राखेको छ । यी सबै बाइक तथा स्कुटरमा बीएस–सिक्स मापदण्डमा आधारित एफआईयुक्त इन्जिन छ ।

Skip This
Skip This
Logo