काठमाडाैं । चीनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबैभन्दा धेरै बिक्री हुने एसयुभी बनेर आफ्नो जितको श्रृंखला जारी राखेको छ ।
थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयुभीहरुमा सबैभन्दा बढि बिक्री भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभिको जित हासिल गर्न सफल भएको बताएको छ ।
थाईल्यान्डको अटो मोबाईलले क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्रि तथ्यांकलाई आधार मानिएको बताएको छ ।
थाईल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री वितरण हुँदै आइरहेका छन् । चिनियाँ ब्रान्ड नेटाले नेपालको लागि आधिकारिक वितरक सिजि मोटर्स रहेको छ भने नेपालमा नेटा भी तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरु उपलब्ध रहेका छन् ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमिसम्म चल्न सक्छ । यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ । सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिनता सुनिश्चित गर्दछ । यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इकोफ्रेन्ड्ली एसयूभी खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन्।
हाल कम्पनीले नेपालभर २१ सर्भिस स्टेसन तथा २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।































प्रतिक्रिया