खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (पान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको “पान अपडेट” विकल्पमा ट्याब गरी यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।

आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा पान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनका लागि पान अत्यावश्यक रहेको छ । उक्त पान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो पानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।

Logo