काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
बैंकको काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित पाको, न्यूरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा नं. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले न्यूरोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ) मार्फत सेवा लिन सक्नेछन् ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरू प्रदान गर्नेछ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।































प्रतिक्रिया