काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउन सेवा विस्तार गरेको छ ।
कम्पनीले ‘इसेवा होटल्स’ मार्फत साना, मझौला तथा ठूला होटलहरू एकै ठाउँबाट सजिलै बुक गर्नका लागि नयाँ डिजिटल माध्यमको विस्तार गरेको हो ।
इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो, जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् । नेपालको ५४ं जिल्लाहरूका प्रमुख शहरहरूमा अवस्थित साना, मझौला तथा ठूला होटलहरू एकै ठाउँबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिंगका लागि एकदम लोकप्रिय बन्दै गएको छ ।
सहरी क्षेत्रमा रहेका तारे होटलहरूदेखि लिएर ग्रामिण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिब ३५०० भन्दा बढी होटलहरू रहेका छन् । यी होटेलहरू प्रयोगकर्ताले इसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् । ग्राहकहरूको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकताअनुसार बुकिंग रद्द गर्न सकिने समेत व्यवस्था रहेको छ ।
ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस्सँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यावसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ ।
युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस्को सहयोगमा इसेवा होटल्सले ग्रामीण भेगमा रहेका होटल तथा होमस्टेहरू मार्फत दिगो पर्यटनको विकाश हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढावा दिँदै आइरहेको छ ।
इसेवा होटल्सको माध्यमबाट इसेवाले प्रयोगकर्ताहरूको सहजता र पर्यटकीय विकाशको साथसाथै साना तथा मझौला होटल व्यावसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउँदै आइरहेको छ । साना तथा मझौला होटल व्यावसायीको हकमा इसेवा होटल्ससँगको साझेदारी देशको बद्लिँदो डिजिटल रूपान्तरणमा समावेश भएको महसुस र व्यावसायिक वृद्धिको एउटा बलियो आधार बनेको छ ।































प्रतिक्रिया