एनसेलको एनपीएल लक्षित फ्यान प्याकः निःशुल्क युट्युबका साथै टिकट पाउन सकिने

एनसेलको एनपीएल लक्षित फ्यान प्याकः निःशुल्क युट्युबका साथै टिकट पाउन सकिने

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू झन–झन उत्साहजनक भइरहेको बेलामा क्रिकेटलाई अझै रोमाञ्चक बनाउन एनसेलले एनपीएल लक्षित फ्यान प्याक प्रदान गरेको छ ।

यो प्याक लिने ग्राहकहरूले मैदानमा नै गएर क्रिकेटको भरपुर मजा लिन निःशुल्क टिकट प्राप्त गर्ने अवसर पनि पाउँछन् ।

एनपीएल फ्यान प्याक सञ्चालनमा ल्याएपछि एनसेलले अहिलेसम्म ५०० भन्दा बढी आफ्ना ग्राहकहरूलाई एनपीएल टिकट वितरण गरिसकेको छ । ग्राहकहरूले निःशुल्क युट्युबमा अनलिमिटेड पहुँचमार्फत अनलाइनबाटै पनि एनपीएलका खेलहरू र यसका अपडेट पनि प्राप्त गर्न सक्छन् ।

एनसेलले युट्युबमा अनलिमिटेड पहुँचको अफर सधैँ अनका प्याकहरूमा बन्डल गरेर प्रदान गरेको छ । करसहित रु ३९९ देखि रु १४९९ सम्मका सबै सधैँ अनका प्याकहरूमा ग्राहकले अनलिमिडेट युट्युबको मजा लिन सक्छन् । यसको मतलब यी प्याक लिने ग्राहकहरूले कुनै थप डेटा शुल्कको चिन्ता नगरी जुनसुकै बेला र जहाँसुकै रोमाञ्चक एनपीएल खेलहरू हेर्न सक्छन् र युट्युबमाथिको निःशुल्क पहुँचको फाइदा लिन सक्छन् ।

एनपीएल फ्यान प्याक लिने ग्राहकहरूले एनसेल एपको स्पिन एन्ड विन फिचरमार्फत एनपीएल खेलहरूको टिकट जित्ने मौका पाउँछन् । यसमा सहभागी हुनका लागि ग्राहकहरूले एनसेल एप, एनसेल वेबसाइट वा *१२३*९# डायल गरेर कुनै पनि एनपीएल फ्यान प्याक (डेटा वा भ्वाइस) सजिलै लिन सक्छन् ।

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको स्पिन एन्ड वीनमा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु ५० क्यासब्याक (१ दिनको समयसिमा), रु १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउन सक्छन् ।

एनसेलको यो रोमाञ्चक अफर सीमित समयका लागि उपलब्ध छ र एनपीएललाई विशेष बनाउनका लागि यो अफर ल्याइएको हो ।

Logo