काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष गरिमा म्युचुअल फण्डले एक अर्बबराबरको ‘गरिमा समृद्धि योजना’ ल्याउने भएको छ ।
पहिलो बन्दमुखी योजनाका रुपमा एक अर्ब बराबरको “गरिमा समृद्धि योजना” आगामी पौष महिनाको ७ गतेबाट सार्वजनिक रूपमा निष्काशन हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्डले यस योजनालाई सार्वजनिक रूपमा निष्काशन गर्नाका लागि स्वीकृतिसमेत प्रदान गरिसकेको छ । प्रतिएकाइ १० रुपैयाँ दरका आउने यो फण्ड १० करोड एकाइ निष्काशन गर्न लागिएको हो ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामुहिक लगानी कोषको योजना व्यवस्थापनका साथै धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) प्रवाह गर्दै आइरहेको छ ।





























प्रतिक्रिया