‘सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड ग्राहकमैत्री छ, ब्याजको चिन्ताले ब्याक हुनुपर्दैन’

‘सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड ग्राहकमैत्री छ, ब्याजको चिन्ताले ब्याक हुनुपर्दैन’


सिटिजन्स बैंक गुणस्तरीय बैंकिङ सेवा र ग्राहक लक्षित सहजताका कार्य योजनालाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेको छ । जसको फलस्वरूप आज सिटिजन्स बैंकले ‘बैंक अफ द इयर–२०२४’ को अवार्ड हात पर्न सफल भएको छ l जुन बैंकका लागि गौरवको विषय पनि हो । यसले बैंकको आगामी यात्रालाई थप मजबुद बनाएर अगाडि बढ्नमा प्रेरित गरेको छ ।

डिजिटल बैंक प्रणाली र डिजिटल सेवाको विस्तारले तीव्रता पाइरहेको विषयलाई मध्यनजर गर्दै बैंकले अहिले ‘भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । क्रेडिट कार्डको प्रयोगमा नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको उक्त क्रेडिट कार्डको कन्सेप्ट नेपालमा ल्याउने सम्भवतः सिटिजन्स बैंक पहिलो हो ।

ग्राहक लक्षित योजनामा जोड दिएको सिटिजन्स बैंकले औपचारिक रूपमा यो सेवाको सुरुवात गरेसँगै डिजिटल बैकिङ सेवामा थप नयाँ आयाम थपिएको छ । बैंकले यो सेवाको सुरुवात गरेसँगै जोकोही अहिले भर्चुअल क्रेडिट कार्ड सुविधा लिन इच्छुक देखिनुहुन्छ र राम्रो नम्बरमा कार्डहरू लिइराख्नु पनि भएको छ ।

सिटिजन्स बैंकले उक्त क्रेडिट कार्ड सञ्चालनमा ल्याएको करिब ३ महिना भयो । यो छोटो अवधिभित्रै उक्त क्रेडिट कार्डले प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । फोन पेसँग सहकार्य गरी ल्याएको यो कार्ड सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न मिल्ने भएकाले छोटो समयमै लोकप्रिय बनेको महसुस गरेका छौँ ।

भर्चुअल क्रेडिट कार्डले प्रयोगकर्तालाई वित्तीय व्यवस्थापन र दिनचर्यामा सहुलियत पुर्‍याउन मद्दत गर्छ । यसबाट अनलाइन तथा अफलाइन किनमेल गर्न सकिने नगद ल्याउनु नपर्ने, कार्ड स्वाइप गरेर वा डिजिटल भुक्तानी गर्न सकिने सुविधा दिइएको छ ।

यो सिटिजन्स बैंकको नयाँ योजना हो । सिटिजन्स बैंकले क्रेडिट कार्ड सँगसँगै लामो समयदेखि डेबिट कार्डको पनि सुविधा दिँदै आएको छ । जुन कार्ड अहिले बैंकका अधिकांस ग्राहकहरूले प्रयोग गर्दै आउनुभएको छ ।

सिटिजन्सका ग्राहकलाई नयाँ सुविधा दिनका लागि ल्याइएको उक्त क्रेडिट कार्डबाट पूर्ण रूपमा डिजिटल सेवा प्रदान हुनेछ । बैंकबाट लोन लिनका लागि समय लाग्ने र धेरै प्रक्रिया मिलाउनुपर्ने भएकाले थोरै रकमको आवश्यकतामा यो कार्ड निकै उपयुक्त छ ।

क्रेडिट कार्डको अनुभव गाउँदेखि शहरसम्म

नेपालमा अहिले क्रेडिट कार्डको सुविधा अधिकांश बैंकले दिन्छन् । तर, सिटिजन्स बैंकले ल्याएको भर्चुअल क्रेडिट कार्ड सुविधा अन्य बैंकको तुलनामा भिन्न छ । पछिल्लो समय मान्छेको जीवनस्तरमा निकै परिवर्तन आइरहेको छ । डिजिटल पेमेन्ट बढिरहँदा मान्छे ‘क्यास लेस’ भइरहेको अवस्था हो । जसले गर्दा मान्छेले आज पर्ससमेत बोक्न छाड्दै गएका छन् ।

प्लास्टिक पेमेन्ट कार्डसमेत मान्छेले बोक्न छाडेको अवस्थामा मोबाइलबाटै क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकले दिन थालेको हो । थोरै रकमका लागि अरूसँग हात फैलाउन नपर्ने सुविधा यो क्रेडिट कार्डले प्रदान गर्छ । नेपालको जुनसुकै ठाउँमा पनि आज क्युआरको प्रयोग हुन थालिसकेको छ । यसले डिजिटल कारोबारलाई बढाएको छ ।

हामीले दिएको क्रेडिट कार्ड देशको जुनसुकै ठाउँमा गएर पनि प्रयोग मिल्ने भएकाले मेजर सिटीमा मात्र चल्छ, विकट ठाउँमा चल्दैन होला भन्ने डरले यो कार्ड चलाउनबाट ब्याक हुनपर्ने अवस्था छैन । गाउँमा बस्ने मान्छेले पनि उक्त क्रेडिट कार्ड चलाउन सक्नुहुन्छ ।

सिटिजन्स बैंकले आफूलाई प्रगतिको प्यानर भनिरहँदा ग्राहकलाई सहज र छिटो सेवा दिनु बैंकको कर्तव्य हो । मोबाइलबाटै यो सुविधा लिन मिल्ने भएकाले यस प्रडक्टमा ग्राहकको चासो र आकर्षण बढ्दो छ ।

सिटिजन्स बैंकले ग्राहकहरूले के चाहिरहेका छन्, हामीले त्यो सुविधा कसरी उहाँहरूलाई डेलिभरी गर्न सक्छौँ भनेर लागिरहेका हुन्छौँ । भर्चुअल कार्ड लिनका लागि भने सिटिजन्स बैंकको ग्राहक बन्न अनिवार्य छ । जसले बैंकमा खाता खोलिसक्नुभएको छ र मोबाइल बैंकिङको प्रयोग गर्नुहुन्छ भने उहाँहरूले उक्त एप मार्फत भर्चुअल क्रेडिट कार्डको अप्लाइ गर्न सक्नुहुन्छ ।

बैंकबाट यो सुविधा कुनै पनि झन्झट बेगरै पाउन सकिनेछ । यो डिजिटल प्ल्याटर्फमबाट चलाउन सकिने भएकाले नजिकैको शाखामा गएर बैंकको नयाँ अकाउन्ट खोलेर चलाउन सक्नुहुन्छ । अकाउन्ट खोलेर मोबाइल बैंकिङको सुविधा लिइसकेपछि तपाईँले मोबाइल बैंकिङको साहयताले डकुमेन्टेशन गरी यो कार्डबाट लाभ लिन सकिन्छ ।

एप्लाइको प्रोसेस सजिलो भएकाले जोकोही यसको सेवाग्राही बन्न सक्नुहुन्छ । बैंकले हाल ६० जिल्लामा सेवा प्रदान गर्दै आइरहेको छ भने यसका देशभर १९७ वटा शाखा छन् । १६२ वटा एटीएम रहेको बैंक गुणस्तरीय सेवामा केन्द्रित छ ।

शून्य प्रतिशत ब्याजमा चलाउन सकिने

भर्चुअल क्रेडिट कार्डबाट पाइने रकम निश्चित समयका लागि लिइने ऋण हो । यसबाट दिइने रकम लोनको तुलनामा सानो हुन्छ । लोनका लागि डकुमेन्ट तथा धितोको आवश्यक पर्छ । तर, भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्दा डकुमेन्ट तथा धितो राख्नुपर्दैन । यद्यपि उसको व्यक्तिगत खातामा आउने तलब वा उसको आम्दानीले भने महत्त्व राख्छ ।

सिटिजन्स बैंकका ग्राहकहरूले भर्चुअल क्रेडिट कार्डको आवेदन दिइसकेपछि उहाँको क्रेडिट रिभ्यू भई उहाँलाई लिमिट असाइन गर्छौँ । उहाँको लिमिटलाई असाइन गरेपछि कार्ड प्रोभाइड गर्छौँ । उक्त कार्ड आएपछि सहज तरिकाले थोरै भए पनि पैसा निकाल्न र आवश्यकता परेको ठाउँमा भुक्तानी गर्न सकिन्छ । उहाँलाई कति दिँदा पे गर्नका लागि सजिलो हुन्छ भनेर लिमिट राखेर दिने गरेका हौँ ।

हामी आवेदनको दिएको केही दिनमै उहाँलाई यो सेवा दिन सक्षम हुनेछौँ । यो कार्डबाट ग्राहकले २० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्मको लिमिट लिन सक्नुहुन्छ । यो रकम ४५ दिनसम्म विनाब्याजदरमा चलाउन सक्नुहुन्छ । उक्त समयावधिसम्म तपाईँले त्यो रकम फिर्ता गर्न नसकेको खण्डमा बैंकले २ प्रतिशतका दरले ब्याज लिनेछ ।

यदि तपाईंले लिएको रकम सो महिना पुरै फिर्ता गर्नु सक्नुभएन भने कति रकम फिर्ता गर्न सक्नुहुन्छ । हामीले त्यो अप्सन मोबाइल बैंकिङमै राखिदिएका छौँ । सोहीअनुसार रकम बैंकलाई फिर्ता गरिदिन सक्नुहुने भयो ।

साढे दुई लाख रुपैयाँ धेरै ठूलो रकम हो । योभन्दा ठूला साइजको रकम चाहियो भने बैंकसँग अरू अप्सन छँदै छन् । म्यानेज गरेर चलाउने हो भने क्रेडिट कार्ड शून्य प्रतिशत ब्याजदरमै चलाउन सकिन्छ । आफ्नो आवश्यकता पूरा गर्नका लागि निकै मद्दत गर्ने यो क्रेडिट कार्ड लिइसकेपछि दैनिक जीवन सञ्चालनमा निकै उपयोगी हुनेछ ।

बैंकले क्रेडिट कार्डको सेवा दिए वापत वार्षिक रूपमा साढे ५ सय रुपैयाँ शुल्क पनि लिन्छ । ग्राहकमैत्री भएकाले हाम्रो कार्ड लिनका लागि धेरै जना इच्छुक देखिनुहुन्छ भने राम्रो नम्बरमा कार्डहरू लिइराख्नु पनि भएको छ ।

भर्चुअल क्रेडिट कार्डको सबै अप्सन आफ्नो हातमा हुँदा प्रभावकारी तरिकाले यसलाई चलाउन सकिन्छ । आफूसँग क्यास नभएको हिसाबले आफ्नो इच्छा पूरा गर्न सकस परिरहेको अवस्थामा यो क्रेडिट कार्ड निकै उपयोगी छ ।

आफ्नो आवश्यकता पूरा अरूले नगरिदिए अब भर्चुअल क्रेडिट कार्डको माध्यमबाट त्यो आवश्यकताको पूरा सिटिजन्स बैंकले गरिदिन्छ । ग्राहकलाई सहज सेवा दिनु आवश्यक सेवा सुविधाहरू उपलब्ध गराउँदै जानु सिटिजन्स बैंकको उद्देश्य हो । बैंकले आगामी दिनमा नयाँ डिजिटल प्रडक्टहरू लन्च गर्दै जानेछ ।

(सिटिजन्स बैंकका क्रेडिट कार्ड प्रमुख अधिकारीसँग केन्द्रबिन्दुकर्मी राजिव न्यौपानेले गरेको कुराकानीमा आधारित)

Logo