नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रालि फूलबारी, पोखराबिच नेपाल एसबिआई बैंकका ग्राहकहरूलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साइन्समा विभिन्न स्वास्थ्य सेवाहरूमा छूट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंक लिका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमुख मिनबहादुर गुरुङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत अनिल ओदुभिलबिच सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमूख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

यस सम्झौताबाट ग्राहकवर्गले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरूमा १० देखि १०० प्रतिशतसम्मको छूट सुविधा उपयोग गर्न सक्नेछन् ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo