ज्योति ग्रुपद्वारा ‘द ब्रुकलेन क्रिमरी’ आइसक्रिम बजारमा

ज्योति ग्रुपद्वारा ‘द ब्रुकलेन क्रिमरी’ आइसक्रिम बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ज्योति ग्रुपले जिएफपिएलसँग साझेदारी गरी नेपालमा “द ब्रुकलेन क्रिमरी”लाई लन्च गरेको छ । यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो जसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ ।

सन् २००७ मा सन् इन्टरनेशनलइन कर्पोरेटेड प्रा.लिबाट खाद्य उद्योगमा ज्योति ग्रुपले उक्त कम्पनीमार्फत वर्षौंदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । नेपालभर तिव्र गतिमा आफ्नो डिस्ट्रिब्यूसन च्यानल र अफिसहरु विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाईमा पुर्याउनको लागि हस्पिटालिटी र रिटेल क्षेत्रका दक्ष तथा समर्पित टीमको साथ रहेको छ ।

ज्योति ग्रुपकानिर्देशक सौरभ ज्योति, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठका साथै ज्योति ग्रुपका टीमको उपस्थितिमा काठमाडौंमा द बु्रकलेन क्रिमरीलाई लन्च गरिएको थियो । यसै लन्चइभेन्टमार्फत भिगन आइसक्रिम, चकलेट बारस्, फ्रुट बारस् र आइसक्रिमहरुका विभिन्न प्रकारहरु लन्च गरिएको थियो । हालको समयमा द ब्रुकलेन आइसक्रिमहरु अनलाइनमार्फत बिक्री भइरहेको र आउँदो समयमा नेपालका विभिन्न आउटलेटहरुबाट यसको बिक्रीवितरण गरिनेछ । दुई साइजमा उपलब्ध यस आइसक्रिमको मूल्य रु.२२५ (१०० एमएल) र रु.७७५ (४५० एमएल) रहेको छ ।

Logo