काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत अस्थिरताका कारण नेपालको आर्थिक गतिविधि बढ्न नसकेका बताएका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४८ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र राजस्व संकलनमा ठूलो योगदान पुर्याएको निजी क्षेत्रले नीतिगत अस्थिरताका कारण आर्थिक गतिविधि बढाउन नसकेको बताएका हुन् ।
दुई प्रमुख दलको सरकार बनेपछि नीतिगत स्थिरता आउँछ भन्ने अपेक्षा निजी क्षेत्रले लिएको अध्यक्ष ढकालको भनाइ छ । ‘निजी क्षेत्रले रोजगारी पनि धेरैलाई दिएको छ । सडकखण्ड नबन्दा ठूलो अवरोध पुगेको छ ।’ उनले भने, ‘कतिपय विषय तुरुन्तै लागू गर्नुपर्ने छ । आर्थिक गतिविधि खुम्चिएको छ । कुनै बेला पनि कडा डिसिजनमा लिनुपर्छ ।’
खनिज पदार्थ निर्यातमा नीति बनाएर लाग्न अध्यक्ष ढकालले सरकारलाई सुझाव दिएका छन् ।































प्रतिक्रिया