इसेवा महा-उत्सवमा रवि बम्जनले जिते नामी इलेक्ट्रिक कार

इसेवा महा-उत्सवमा रवि बम्जनले जिते नामी इलेक्ट्रिक कार

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । इसेवाले यसै वर्ष दशैंलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको इसेवा महा-उत्सवको बम्पर उपहारका विजेताको नाम घोषणा गरेको छ ।

सोमबार फेसबुक मार्फत लाइभ लक्की ड्रमा मकवानपुर निवासी रवि बम्जनले नामी इलेक्ट्रिक कार जित्न सफल भएका छन् । ललितपुरको पुल्चोकस्थित एलिस कन्फ्रेन्समा आयोजित एक औपचारिक कार्यक्रमबीच बम्पर उपहार विजेता घोषणा गरिएको हो ।

इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रिएटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा-उत्सवको बम्पर उपहार विजेता छनोट गरेको हो ।

कार्यक्रममा राष्ट्रिय खेलाडीहरु र कलाकारहरु पनि उस्थित थिए । २०८१ साल असोज १ देखि कात्तिक ३० गतेसम्म चलेको इसेवा महा-उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उदेश्यले आयोजना गरिएको थियो ।

महा-उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरु साथै बम्परमा नामी इलेक्ट्रिक कार जित्ने मौका पनि थियो ।

इसेवा महा-उत्सवका अधिकांश विजेताहरूको नाम सोमबार नै इसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको छ । यस क्रममा सरोज कुमार पाण्डे र अविन गुरूअचार्यले भने १०० रुपैयाँको खेलमा आईफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ हात पारेका थिए ।

नामी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिँदै इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्यले सम्पूर्ण प्रयोगकर्ता, साझेदार, प्रेस, र इसेवा टिमलाई यस महाउत्सवलाई सफल बनाउन सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे ।

उनले भने, “इसेवा महा–उत्सवमा प्रयोगकर्ताहरुको संलग्नता र साझेदारहरुको प्रतिक्रिया अत्याधिक उत्साहजनक रहेकोले हामीलाई थप उर्जा प्रदान गरेको छ । इसेवाको मूल लक्ष्य भनेको नेपाली समाजमा रहेको वित्तीय समस्या र चुनौतीहरूको समाधान गर्नु हो र यसका लागि हामी सधैं नवप्रवर्तनहरूमा काम गर्दै जानेछौं । साथै प्रत्येक नेपालीलाई आफ्नो वित्तीय आवश्यकता पुरा गर्न डिजिटल समाधानको माध्यमबाट प्रोत्साहित गर्न थप प्रेरित गर्न लागि रहनेछौँ ।”

Logo