सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘अलि पे’ मार्फत अन्तर्देशीय क्युआर भुक्तानी सम्झौता

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘अलि पे’ मार्फत अन्तर्देशीय क्युआर भुक्तानी सम्झौता

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलि पे प्लस नेटवर्क प्रयोगकर्ताहरूलाई सहज रूपमा अन्तर्देशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत, चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरू र अलि पे प्लस प्रयोगकर्ताहरूले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरअपरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससंगको यस सहकार्यले नेपालमा पर्यटकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरू तथा १२५ वटा एटिएम सञ्जाल रहेका छन्।

Logo