काठमाडौं । विवादास्पद व्यवसायी अजेयराज सुमार्गीबारे सनसनीपूर्ण खुलासा भएको छ । सुमार्गीले पहिले विदेशमा लगेर पैसा लुकाउने र पछि फेरि तिनै पैसालाई लगानी भन्दै भित्र्याउने गरेको खुलासा भएको हो ।
खोज पत्रकारिता केन्द्रले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार सुमार्गीको व्यवसायीक चलखेल तिव्ररुपमा भएको पाइएको छ । वि.सं. २०५८ मा स्थापना भई पटक पटक खरीद बिक्री भएर हालको एनसेल भनिने कम्पनीको पूँजीगत लाभकर शीर्षकमा झन्डै ६१ अर्ब कर छली भएको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरेको थियो । त्यो रकम अहिले बढेर ७३ अर्ब रुपैयाँ पुगेको छ ।
एनसेलको ८० प्रतिशत लगानीकर्ता (तत्कालीन) टेलियासोनेरालाई यो कर नतिराइकन नेपालबाट भगाइसकिएको छ । तर, टेलियासोनेरा भागे पनि विदेशमा ऊसँग उठबस र कारोबार गर्ने व्यक्तिहरू भने नेपालमा अहिले पनि व्यवसाय गरेर बसेका छन् ।
त्यसमा गैरआवासीय नेपाली उपेन्द्र महतो, महतोको धेरैजसो कम्पनीका व्यावसायिक साझेदार निरजगोविन्द श्रेष्ठ, अजेयराज सुमार्गी र सुमार्गीको कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर समेत रहेका अर्जुन शर्मा पर्छन् ।
ति मध्येका अजेयराज सुमार्गी पनि एक हुन् । जसले नेपालका आफ्ना कम्पनीहरूमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै रकम ल्याउने, नाफा भन्दै नेपालमा कमाएको रकम उता लैजाने, फेरि अर्को कम्पनीमा एफडीआई ल्याउने काम गरेको भेटियो । साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख भएको एयरबेल कम्पनी सन् २००८ मा खोलिएको हो ।































प्रतिक्रिया