प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरहरुको हब बनाउनुपर्छः कुलमान घिसिङ

प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरहरुको हब बनाउनुपर्छः कुलमान घिसिङ

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इन्जिनियरहरुको लागी विद्युत प्राधिकरणलाई हब बनाउने बताएका छन् ।

आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टनसिपका विद्ययार्थीहरुले प्राधिकरण चलाएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो टेस्टिङ ट्रान्सफरहरु र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएका छन् । करिब १२/१५ सय जनाहरु इन्टर्नसिप हरेक लटमा चलिरहेको हुन्छ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि ६०/७० सिट लोकसेवा मार्फत विज्ञापन निकालेको छौं । विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरहरुको अभाव छ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत प्राधिकरण एउटा ठूलो हब बन्छ, बनाउनुपर्छ ।’

उनले विद्युत प्राधिकरणले विभिन्न ठाँउमा वर्कसप, ट्रासफर्मर वर्कसप, टेस्टिङ ल्याबहरु स्थापना गरेको बताए । उनले स्थापना भएका ल्याबहरु अहिले अप्रेसनमा रहेको बताए ।

उनले भने, ‘विद्युत प्राधिकरणले प्रदेश/प्रदेशमा नेपालगञ्ज, बुटवल, विराटनगर,हेटौंडा काठमाडौं लगायतका ठाउँहरुमा हाम्रो वर्कसप, ट्रासफर्मर वर्कसप, टेस्टिङ ल्याबहरु हाइ भोल्टिङ टेस्टिङ ३३के.बी सम्मको टेस्टिङ ल्यावहरुको स्थापना गरेर अहिले अप्रेसनमा छन् । विद्युत प्राधिकरणले इन्टनसिपको लागि सबैको लागि हुनेगरी, इलेक्ट्रिकल इन्जिनियरहरु र इलेक्ट्रिकल सम्बन्धि तीन तह/चार तहका जति पनि आउँछन् । इन्टर्नसिप खोलेका छौं । खाजा भत्ता दिएर खोलेका छौं ।’

सिटिईभिटीका विद्यार्थी न्यायको खोजीमा, प्राधिकरण भन्छ- विज्ञापन खुलाउँदैनौं

प्राधिकरणको निर्णयले विद्यार्थीको भविष्य अन्योल, सिटिइभिटीलाई छैन वास्ता

Logo