काठमाडौँ । उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ को तयारी तीव्र गतिमा भइरहेको छ । आठौँ संस्करणका रूपमा यसपटकको विराट एक्स्पो विराटनगरको डिग्री क्याम्पस परिसरमा विराट एक्स्पो २०२५ डिजिटल कोशीः ब्रिजिङ इनोभेसन एण्ड इन्भेष्टमेन्ट थिममा आगामी माघ ११ गते देखि २० गतेसम्म हुनेछ ।
संगठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सवको नामबाट गरेको थियो । विराट एक्स्पोको आठौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तरराष्ट्रियस्तरको थोरै औद्योगिक एक्स्पोमध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन सफल भएको छ । यो विशुद्ध रुपमा औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदानका साथै उद्यमी व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुगाउनेछ ।
यसअघि सातौँ संस्करणको विराट एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रमसँगसँगै आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा केन्द्रित रहेर दैनिक रूपमा फरक फरक विषयमा सेमिनारहरू आयोजना गरिएको थियो । नवप्रवर्तननई प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, श्रम रोजगार फाँटका लागि रोजगार पेभिलियन, पर्यटन प्रवर्द्धनका लागि पर्यटन पेभिलियन र लगानी पेभिलियनहरूको छुट्टाछुट्टै व्यवस्थापन गरी समग्र औद्योगिक विकासको इकोसिष्टमको प्रवर्द्ध गर्ने प्रयास गरी केहि फरक र नयाँपन दिने प्रयत्न गरिएको थियो ।































प्रतिक्रिया