काठमाडौँ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । सचिव डा. सिंहसहित पाँच जनालाई जनही एक करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ । सचिव डा. सिंह, मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख (सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका संयोजक) शंकरप्रसाद साह, मन्त्रालयका कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, मन्त्रालयका सहलेखापाल ब्रजेशकुमार साह, महोत्तरीको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक–अध्यक्ष लक्ष्मीनारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रंजितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
पशुपन्क्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको, नक्कली बिल भरपाइको आधारमा भुक्तानी दिएको र स्पेशिफिकेशन अनुसारको सामान खरिद नगरेको पाएपछि उनीमाथि आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।





























प्रतिक्रिया