धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर निर्वाचित भएका छन् । आईतबार सकिएको मतगणनाबाट आफ्ना प्रतिस्पर्धीहरु रुपेश स्वार र डिल्लीराज अवस्थीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् ।
कुँवरले १ हजार मत पाउँदा स्वारले ९३१ तथा अवस्थीले १७७ मत पाएका थिए । कोषाध्यक्ष बाहेकका सम्पूर्ण पदमा कु्ँवर नेतृत्वको प्यानलका पदाधिकारी विजयी भएका हुन ।
कुँवर नेतृत्वको प्यानलको उद्योग उपाध्यक्षमा पुष्कर ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर, उपाध्यक्ष वाणिज्यमा गगन केसी विजयी भएका छन् । त्यस्तै महासचिवमा कुँवर प्यानलकै ओम विष्ट र सचिवमा सिद्धराज पनेरु विजयी भए । कोषाध्यक्षमा भने रुपेश स्वाँर नेतृत्वको प्यानलका भीमराज ओझा विजयी भएका छन् ।
सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । १८ सदस्यीय कार्यसमितीमा ६ जना पदाधिकारी र ७ जना सदस्य कुँवर प्यानलबाट विजयी भएका छन् भने एक जना पदाधिकारी र ४ जना सदस्य स्वार प्यानलबाट विजयी भएका छन्।






























प्रतिक्रिया