मुगु । पछिल्ला वर्षहरूमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । मौरीपालनको लागि उपयुक्त हावापानी भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोबार भएको छ ।
महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउका, लगायतका २ दर्जनभन्दा बढी स्थानीय कृषकहरूले परम्परागत मुडे घारमा मौरी व्यवसाय गर्दै आफ्नो जीवन निर्वाह गर्दै आइरहेका छन् ।
मह कृषक रूपबहादुर सेजुवालले पुर्खादेखि मौरी खेती गर्दै आएको बताए । उनले वर्षमा १ लाखदेखि २ लाखसम्म मह बिक्री गरेर आम्दानी गरेको घर खर्च चलाउनमा सहयोग पुगेको बताए ।
मह किन्नका लागि ग्राहक घरमै आउने प्रतिमानाको १ हजारदेखि १५ सयसम्म जिल्लामा दर रेट भए पनि घरमा आउने ग्राहकलाई १ हजार रुपैयाँ मानो मह बिक्री गर्ने गरेको समेत उनले बताए ।
उनले भने, ‘वर्षमा २ पटक मह निकाल्ने गरेको छु । जिल्लामा मौरी सम्बन्धी तालिम, गोष्ठी, अनुदानका कार्यक्रम सञ्चालन भए पनि अहिलेसम्म मैले कुनै सेवा पाएको छैन ।’
आधुनिक घारमा मौरी नहुेने पुरानै मुडे घारमा मौरी बस्ने र मह राम्रो हुने गरेको कृषकहरूको भनाइ छ । आर्थिक स्रोत र अनुदान नपाउँदा बर्षेनि मौरी भालु र मलछ्याडाले खाने गरेर घाटा हुने गरेको कृषकहरूको गुनासो रहेको छ ।
मुगु जिल्ला कृषि विकास कार्यालयको आव २०८०–०८१को तथ्यांक अनुसार जिल्लाभर ५ हजार ५ सय मौरी घार रहेका छन् । गर्त वर्षभन्दा यो वर्ष मह उत्पादन निकै राम्रो भएको देखिन्छ । सरदरमा प्रतिमुडे घारमा ५ केजीका दरले २० हजार, ५ सय केजी घरमा खाने, आफ्न्तहरूलाई नासो दिने बाँकी रहेको मह बिक्री गरेर जिल्लामा १ करोडभन्दा बढी आर्थिक रकम जिल्लामा भित्रिएको देखिन्छ ।





























प्रतिक्रिया