कुलमान घिसिङले ९८.९९ प्रतिशत अंक दाबी गर्दै बुझाए कार्यसम्पादन विवरण

कुलमान घिसिङले ९८.९९ प्रतिशत अंक दाबी गर्दै बुझाए कार्यसम्पादन विवरण

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यसम्पादन विवरण पेस गरेका छन् ।

ऊर्जामन्त्री दीपक खड्काले गत सोमबार कार्यसम्पादन मूल्यांकनसमेत समयमा नबुझाएको आरोपसहित अब ‘तपाईंको नियुक्ति नै अन्त्य किन नगर्ने’ भन्दै ९ बुँदे स्पष्टीकरण सोधेपछि कार्यकारी निर्देशक घिसिङले शुक्रबार कार्यसम्पादन विवरण बुझाएका हुन् । जसमा उनले ९८.९९ प्रतिशत अंक दाबी गरेका छन् ।

घिसिङसँग गरिएको कार्यसम्पादन करारमा अघिल्लो वर्षको कार्यसम्पादन मूल्यांकन नयाँ आर्थिक वर्षको भदौभित्र गराइसक्नुपर्ने व्यवस्था छ । तेस्रो वर्षको कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक आयो भने उनलाई पदबाट हटाउन सिफारिस गर्नसक्ने व्यवस्था कार्यसम्पादन करारको दफा १०.३ मा उल्लेख छ । तर, घिसिङले गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेश गरेका हुन् ।

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । याे नै घिसिङकाे प्रमुख उपलब्धी हाे । प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । 

Skip This
Skip This
Logo