फेरि बढ्यो पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य

केन्द्रबिन्दु
99
Shares

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । आजै मध्यरातिदेखि लागू हुने गरी  पेट्रोलको प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ५५ पैसा बढेर आएकाले  मूल्य समायोजन गरिएको हो । 

मूल्य बढेसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । 

Logo