भारत । भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ सुरु भइसकेको छ। शोमा विभिन्न ब्रान्डका गाडीहरु र बाइकहरु प्रदर्शन हुनेछ। साथै अटो एक्स्पोमा पेट्रोल र इलेक्ट्रिक स्कुटरले पनि आफ्नो सहभागीता जनाउनेछ। भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा यी स्कुटरहरु प्रस्तुत गरिने छन्।
हिरो जुम १६०: ठुलो साइजको एप्रोन र विन्डस्क्रिनका साथमा म्याक्सी शैलीको स्कुटर हिरो जुम १६० को डिजाइन र शैलीले अटो एक्स्पोमा सबैको ध्यानाकर्षण गर्नेछ यसमा १५६ सीसी, लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन सुसज्जित छ, जसले १४ पीएसको पावर र १३.७ एनएमको टर्क उत्पन्न गर्छ। लिक्विड कुल्ड मोटरको साथमा आउने हिरोको यो पहिलो स्कुटर हो।
ओला एस१ जेड: ओलाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो एस१ लाइनअपमा नयाँ एडिसन ओला एस१ जेड पेश गर्नेछ। यसमा स्वेपेवल ब्याट्री सेटअप हुनेछ। यसमा १.५ किलोवाट क्षमताको ब्याट्री प्याक हुनेछ।
होन्डा एक्टिभा ई: लामो समयदेखि प्रतिक्षित होन्डा एक्टिभा इलेक्ट्रिक पनि उक्त शोमा प्रदर्शन हुने भएको छ। सो स्कुटर सन् २०२४ मा प्रस्तुत गरिएको थियो। सो स्कुटर अटो एक्सपो २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ।
२०२४ हिरो डेस्टिनी १२५: नयाँ हिरो डेस्टिनी १२५ जनवरी १४ मा लन्च भइसकेको छ। यसलाई पहिलेभन्दा धेरै प्रिमियम डिजाइन र स्टाइल दिइएको छ। यसको टप स्पेक जेडएक्स प्लसमा टर्न-बाइ-टर्न नेभिगेसनको सुविधा प्रदान गरिएको छ। यसमा १२४.६ सीसी एयर कुल्ड र सिंगल सिलिन्डर प्रयोग गरिएको छ। सो इन्जिनले ९ पीएस पावर र १०.४ एनएम टर्क जेनेरेट गर्छ।
हिरो भिडा जेड: हिरोले अटो एक्सपो २०२५ मा हिरो भिडा जेड इलेक्ट्रिक स्कुटर पनि प्रस्तुत गर्ने भएको छ। यसमा २.२ किलोवाट र ४.४ किलोवाटसम्मको ब्याट्री प्याक हुनेछ। हिरोले अटो एक्सपोमा हिरो एक्सपल्स २१०, हिरो एक्स्ट्रिम २५० आर र हिरो करिज्मा एक्सएमआर २५० पनि प्रदर्शन गर्नेछ।































प्रतिक्रिया