मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन

मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन

केन्द्रबिन्दु
27
Shares

भक्तपुर । मीनकुमारी राणा प्रतिष्ठानद्वारा तेस्रो पुण्यतिथिमा प्रदान गरिने प्रजातन्त्रसेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कवीर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ ।

प्रतिष्ठानले हरेक वर्ष मीनकुमारी राणाको वर्षिक पुण्यतिथिमा ३ विधामा पुरस्कार र एक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिए ।

अध्यक्ष राणाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा वरिष्ठ साहित्यकार एवं आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत रहेका छन् भने सदस्यसचिवमा महासचिव रवि राणा रहेको प्रतिष्ठानले जनाएको छ ।

सबै पुरस्कारको राशि ५१ हजार १ रुपैयाँ रहेको पनि राणाले बताए । तेस्रो पुण्यतिथिकै अवसरमा समाजसेवी स्वर्गीय मीनकुमारी राणाको प्रतिमा अनावरण तथा मीनकुमारी राण मार्गको नामकरण गरिने छ ।

पहिलो पुण्यतिथिमा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो पुण्यतिथिमा प्रजातन्त्र सेनानी सम्मानबाट पूर्वसांसद् एवं वरिष्ठ राजनीतिज्ञ लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार किशोर नेपाल र वरिष्ठ बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान पुरस्कारहरू प्रदान गरेका थिए ।

त्यसैगरी दुवै पुण्यतिथिमा राणा परिवारले अध्ययन गरेको भक्तपुर सानोठिमीस्थित आदर्श माध्यामिक विद्यालयका जेहन्दार विद्यार्थीलाई प्रदान गर्ने गरी रु ५१ हजार १ पूर्वविद्यार्थी समाजका अध्यक्ष वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेललाई हस्तान्तरण गरिएको थियो ।

Logo