नेपाल एसबिआई बैंकद्धारा नेपाल-भारत मैत्री संघ कास्कीलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्धारा नेपाल-भारत मैत्री संघ कास्कीलाई सहयोग रकम हस्तान्तरण

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ कास्कीलाई रु ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

नेपाल एसबिआई बैंकका गण्डकी प्रदेश प्रमुख, मिन वहादुर गरुङले उक्त रकम संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरे। कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सहयोग रकम प्राप्त गर्ने नेपाल भारत मैत्री संघका अध्यक्ष गोपाल धोजुले यस सहयोगका लागि बैंकलाई धन्यवाद ज्ञाप गर्दै पुस्तकालयका गतिविधिहरू थप सुदृढ बनाउन मद्दत पुग्ने बताए । बैंकले यस किसिमका सहयोग कार्यक्रमहरू शिक्षा क्षेत्रमा निरन्तर गर्दै आइरहेको जनाएको छ।

Skip This
Skip This
Logo