सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीच सहमति

सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीच सहमति

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरूबीचमा सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरू र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरूका बीचमा सहमति भएको हो ।

सिमेन्ट उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने तथा उद्योगहरूमा भइरहेको विद्युत् आपूर्तिको कटौती र लोडसेडिङलाई अन्त्य गरी निर्वाध रूपमा उद्योग सञ्चालन गर्ने वातावरण मिलाउने सम्बन्धमा सहमति भएको छ ।

यी विषयमा उद्योग मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने तथा सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एकअर्काका समस्याहरूलाई मनन गरी आ–आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा सँगसँगै अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफलबाट सहमति कायम भएको हो ।

Logo