काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–०८२ को दोस्रो त्रैमाससम्म (६ महिनामा) नबिल बैंक लिमिटेडले तीन अर्ब २४ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा तीन अर्ब २० करोड ३० लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले बृद्धि भएको हो ।
बैंकको प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको मुनाफा, सञ्चालन मुनाफा तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा सामान्य बृद्धि देखिएको छ ।
तर यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर आठ अर्ब २४ करोड रुपैयाँबाट सात अर्ब ८९ करोड ५९ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
साथै, बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशत बढेर एक अर्ब ४८ करोड ४३ लाख रुपैयाँबाट एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ।
२७ अर्ब ०५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा एक अर्ब ८९ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।





























प्रतिक्रिया