काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रभु बैंकको खुद नाफा ८५.४९ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत आवको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै, बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत, कमिशन आम्दानी १७.१८ प्रतिशत, कुल सञ्चालन आम्दानी ११.१० प्रतिशतले बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ । मूल्य आम्दानी अनुपात १९.३६ गुणा र वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।





























प्रतिक्रिया