एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख

एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको विवरण हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९२.०३ प्रतिशत कम हो । बैंकको खुद नाफा घट्नुमा खुद ब्याज आम्दानीमा कमि आउनु र इम्पेरमेन्ट चार्ज बढ्नु रहेको छ ।

यस बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । यस्तै, १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

यो छ महिनामा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५६ पैसाले घटेर २ रुपैयाँ ३ पैसामा झरेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८५.११ गुणा रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Skip This
Skip This
Logo