काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढेको छ ।
गत वर्ष बैंकले सोही अवधिसम्ममा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा वृद्धि र इम्पेरमेन्ट चार्ज घट्नु रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा झरेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशत बढेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१२ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ । यस्तै, वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको छ ।
बैंकको जगेडा कोषमा १६ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ भने १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।





























प्रतिक्रिया