नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २ अर्ब ८३ करोड

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २ अर्ब ८३ करोड

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ८३ करोड खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.१८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा भने ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड भएको छ ।

यता, खराब कर्जा ०.४७ प्रतिशत विन्दुले बढेर १.६७ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा कायम भएको छ । यसको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ छ ।

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

Skip This
Skip This
Logo