सिटिजन्स बैंकले कमायो ६६ करोड १८ लाख खुद नाफा

सिटिजन्स बैंकले कमायो ६६ करोड १८ लाख खुद नाफा

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । चालू आर्थिक वर्षको पुससम्ममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ६६ करोड १८ लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा १५.४५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७८ करोड २७ लाख खुद नाफा कमाएको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी १३.४१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९३ करोड ४५ लाख पुगेको छ । जुन गत आवमा ३ अर्ब ४६ करोड ९३ लाख थियो । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी घटेर ८.९६ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५०.३९ छ । बैंकको खराब कर्जा ४.८५ प्रतिशत रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी भने गत आर्थिक वर्षको तुलनामा ८.२७ प्रतिशतले वृद्धि भएको छ । पुस मसान्तसम्म बैंकले ३ अर्ब ७ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षमा बैंकको आम्दानी २ अर्ब ८३ करोड ९८ लाख थियो ।

बैंकको १४ अर्ब ७६ करोड ९० लाख चुक्ता पूँजी रहेको छ । यस बैंकको रिटेन्ड अर्निङमा १५ करोड ८१ लाख र ७ अर्ब २८ करोड सञ्चिति रहेको छ । बैंकको ग्राहकमा कर्जा प्रवाह १ खर्ब ६१ अर्ब ३५ करोड छ भने निक्षेप संकलन १ खर्ब ९३ अर्ब ८१ करोड रहेको छ ।

Logo