काठमाडाैं । बेलायतमा नेपालीहरुको सबैभन्दा सघन बसोबास भएको शहर अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामको सुनचाँदीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबमस गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसँग मिलेर उक्त व्यवसाय शुरु गरेका हुन् ।
बेलायतस्थित अल्डरशटमा हिजो नेपालिज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिबासी जनजाती महासंघका पनि अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाट्यकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरुका लागि ब्यपारिक केन्द्रको रुपमा समेत बिकास हुदै गइरहेको छ । नेपालीहरुले दर्जनौ रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन् । यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरु संचालनमा रहेका छन् ।

नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र शुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरु आकर्षित भएको गायक श्यामले बताए ।
सुम्निमा ज्वैलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा विभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन । ‘हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकालाका साथमा नेपालीहरुको शान खुकरी, सबै जातजातीका पोशाक, उनीहरुको साँस्कृतिक बाजा लगायत बिभिन्न शोभनिरका सामाग्रीहरु सुफत मुल्यमा बेच्न राखेका छौं । यहाँ पसलमा आएर तपाईहरुले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइन मार्फत विश्वभरी डेलिभरीको ब्यबस्था समेत गरेका छौं’ उनले थपिन् ।
गायिका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पाश्र्व गायन गरी गरिसकेका छन् ।
गायक श्यामले भने, “आफूहरु नेपालमा पनि ब्यबसायको थोर बहुत अनुभव लिएर आएको हुँदा नयाँ ठाउँमा नयाँ ब्यबसाय शुरु गर्न त्यति धेरै चुनौती छैन । अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक ब्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौं ।”
गायक श्यामका ‘मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ’ लगायतका गीतहरु लोपप्रिय छन् । पछिल्लो समय मुन्दुम ट्रेलका प्रबद्र्धकका रुपमा समेत चर्चा कमाएका उनल.‘मुन्दुम ट्रेल’ नामक संस्मरणात्मक पुस्तक गत वर्ष सार्वजनिक भएको थियो ।





























प्रतिक्रिया