नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व, सुमन पोखरेल अध्यक्षमा निर्वाचित

नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व, सुमन पोखरेल अध्यक्षमा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

साधारण सभाबाट आइएमई लिमिटेडका सुमन पोखरेल अध्यक्ष, हुलास रेमिटेन्स प्रा.लिका दिवाकर थापा–निर्वतमान अध्यक्ष, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डन उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल महासचिव चयन भएका छन् ।

त्यस्तै सुर्य रेमिट प्रा.लिका संजय सिग्देल कोषाध्यक्ष, आइपे रेमिट प्रा.लिका इन्द्र शर्मा सचिव, चयन भएका छन् । सदस्यहरुमा हिमालयन बैंकका युमा श्रेष्ठ, युनाइटेड रेमिटका प्रविन अधिकारी, इजीलिकं प्रा.लिका दीपेन्द्र खनाल रहेका छन् ।

कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सबै रेमिटेन्स कम्पनीहरू संगठित भई आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

Skip This
Skip This
Logo