सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो ।

बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ । बिहीबार प्रतितोला रू एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू एक हजार आठ सय ८० मा किनबेच हुनेछ ।

Skip This
Skip This
Logo