ओमोडा एण्ड जेइकोको नयाँ शोरुम एकान्तकुनामा

ओमोडा एण्ड जेइकोको नयाँ शोरुम एकान्तकुनामा

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । ओमोडा एण्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नयाँ शोरुम एकान्तकुना ललितपुरमा सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उक्त शोरुमको उद्घाटन गरेका हुन् ।

सुविधा सम्पन्न उक्त शोरुमबाट ओमोडा एण्ड जेइकोका गाडी किन्न सकिनेछ । शोरुम सञ्चालनमा आएसँगै ओमोडा एण्ड जेइकोको गाडी किन्ने ग्राहकहरुका लागि सहजता थपिएको विक्रेता कम्पनी एसपीजी अटोमोबाइल्सले विश्वास लिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताएका छन्।

उनले भने, ‘ओमोडाले इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले ल्याएको छ। नेपालको सन्दर्भमा इलेक्ट्रिसिटी पनि पर्याप्त मात्रामा छ। पेट्रोलियम पदार्थहरु धेरै महंगो पनि भएको छ। त्यसैले पेट्रोलियम पदार्थमा लगानी धेरै गएको छ । नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण पनि कम हुने हिसाबले इलेक्ट्रिक गाडीहरु महत्वपूर्ण छ।’

यसका साथै, उनले इलेक्ट्रिक गाडीहरु बढेपनि चार्जिङ् पोइन्टहरु कम भएको भन्दै यसको लागि नेपाल सरकार र बागमती प्रदेशले बजेट छुट्याएको बताए।

Logo