ट्रायम्फ नेपालको कुश्मा एडिसन राइड सफलतापूर्वक सम्पन्न

ट्रायम्फ नेपालको कुश्मा एडिसन राइड सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आयोजना गरेको राइड सफलतापूर्वक सम्पन्न भएको छ ।

‘ट्रायम्फ लिगेसी राइडः कुश्मा एडिसन’ नामक यस राइड गत बिहीबार बिहान नक्सालस्थित ट्रायम्फ शोरुमबाट सुरु भएर पृथ्वी राजमार्ग र पुष्पलाल राजमार्गको सुन्दर जङ्गल‚ पहाड‚ झरना‚ नदीहरूको मनोरम दृश्य हेर्दै लगभग ३०० किलोमिटरको अविस्मरणीय यात्रा पार गर्दै साँझ कुश्मा पुगेको थियो । राइडमा ३० जना ट्रायम्फ राइडरहरुले सहभागिता जनाएका थिए ।

दोस्रो दिन राइडरहरुले कुश्मामा बञ्जी जम्प‚ स्काइ वाक‚ जिपलाइन र स्काइस्विङ जस्ता साहसिक खेलहरूको अनुभव गरे । दिनको अन्त्य पोखरामा भयो‚ जहाँ राइडरहरूले लेकसाइडमा निकै रमाइलो गरेका थिए । तेश्रो दिन राइडरहरुले बिहान सवेरै पोखरा नजिकैको काहुँडाँडा भ्रमण गरेका थिए र सोही दिन काठमाडौं फर्किएका थिए ।

यो राइडले स्थानीय व्यापार प्रवर्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न मद्दत गरेको ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले जानकारी दिए ।

Logo