बाढी पहिरो प्रभावितहरुको लागि इन्ड्राइभले बनाइदियाे घर

बाढी पहिरो प्रभावितहरुको लागि इन्ड्राइभले बनाइदियाे घर

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राइड सेयरिङ कम्पनी इन्ड्राइभले बाढी पहिरो पीडितका लागि घर बनाइदिएको छ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले बाढी तथा पहिरोबाट पीडित परिवारको लागि पाँच वटा घर बनाइदिएको हाे ।

इन्ड्राभइले उक्त घर बनाउन आवश्यक सामग्रीहरू वितरण गर्न ३३ लाख ५५ हजार ५ सय रुपैयाँ नगद सहयोग गरेको थियाे । पीडितहरुको आवश्यकता पूरा गर्न इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवास निर्माण गरिरहेको हो ।

नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ वटा र गरी ५ वटा आवासहरु निर्माण भइरहेका छन् ।

बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरु टिकाउ र दिगो रहनेछन् । हरेक घरमा २ वटा बेड रुम, अगाडि पट्टी बार्दली र शौचालय र किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ । चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ । यी घरहरुमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियस भन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने खालको छ ।

घर निर्माणको साथसाथै इन्ड्राइभले नमोबुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारहरुलाई कम्बलसमेत प्रदान गरेको छ । इन्ड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भने, “हामी समुदायका मानिसहरुलाई सहयोग गर्ने र आवश्यकता अनुसार दीगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्छौँ । हामी सन्चालन हुने ठाउँहरुमा सकरात्मक् प्रभाव पार्नुपर्छ भन्ने हामी विश्वास राख्छौँ ।’

उनले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर हामीले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई आश्रय प्रदान गर्ने मात्र नभै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेका बताए । यस सहकार्यले राहत वितरणको प्रयास र प्रभावित परिवारमा आशाको किरण छर्ने आशा पनि उनले गरे ।

Logo