आम हड्ताल फिर्ता लिएर पाथिभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको आग्रह

आम हड्ताल फिर्ता लिएर पाथिभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको आग्रह

केन्द्रबिन्दु
150
Shares

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केवलकार निर्माणमा अवरोध गर्ने समूहले आह्वान गरेको ताप्लेजुङ बन्द र हड्तालका कार्यक्रम अविलम्ब फिर्ता लिन आग्रह गरेको छ ।

नगरप्रमुख अमिर मादेनले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै केवलकार निर्माण गर्ने क्रममा ‘नो केवलकार’ समुह र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले गत भदौ २१ गते गरेको निर्णयको स्मरण गराएका हुन् । नगर कार्यपालिकाको ४५ औं बैठकले विभिन्न ठाउँबाट आउने सवारी साधन नगरपालिका प्रवेश गर्ने क्रममा कसैले वन्द अवरोध गर्न नपाइने निर्णय पास गरेको थियो । सोही बैठकले नगरपालिका क्षेत्र भित्र सञ्चालित उद्योग,बैंक तथा वित्तीय संस्था,शैक्षिक संस्थाहरु कुनै पनि राजनीतिक दल,संघ,संस्था वा समूहले अवरोध गर्न गराउन नपाउने निर्णय गरेको थियो ।

मेयर मादेनले जारी गरेको विज्ञप्ती अनुसार आज बसेको कार्यपालिकाको बैठकले बन्द र हड्तालले समस्याको समाधान नगर्ने भएकोले अविलम्ब बन्दका कार्यक्रम फिर्ता गरी वार्ता र संवाद गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

‘आज मिति २०८१ ।१०। १५ गते बसेको ५४ औं कार्यापालिका बैठकले समेत बन्द र हड्ताल मात्र समस्याको समाधान नहुने भनि निर्णय गरेकोले सबै पक्षहरु बीच आपसी छलफल,वार्ता,संवाद र समन्वयका आधारमा सबैको स्वामित्व र अपनत्व कायम गर्दै पुन यातायात,उद्योग,व्यापार,व्यवसाय,बैंक तथा वित्तीय संस्था लगायत शैक्षिक संस्थाहरु बन्द हड्ताल नगरी सम्बन्धित पक्षहरुमा थप क्षति हुनबाट बच्न सहमतिका लागि वार्ताद्वारा समस्या समाधान गर्न नगरपालिकाका तर्फबाट अनुरोध गर्दै केवलकार निर्माण कार्य अगाडी बढाउन सहयोग गर्नुहुन सम्बन्धित पक्षहरु बीच हार्दिक अनुरोध गर्दछौं ।’

यही माघ १२ गते फुङलिङ नगरपालिका वडा नं १२ बलुडाँडामा सुरक्षा निकाय र नो केवलकार समुहबीच झडप हुँदा आन्दोलनकारीतर्फ पाँचजना र प्रहरीतर्फ १३ जना भन्दा बढी घाइते भएका थिए ।

Skip This
Skip This
Logo