काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन् ।
बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताएका हुन् ।
उनले भने,‘आइटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ । यस बर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवं आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को पोलिसीमा काम गर्छौ र यससम्बन्धि ऐन पनि बनाउछौं ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको बिकासको लागि नलेज पार्क, आइटी पार्क, ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए ।
उनले भने,‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरु कसरी बिकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं । यसका लागि पूर्वधारको तयारी गरिरहेका छौं । नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै एआई अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौं । यसलाई हामीले सबै प्रदेशहरुमा गर्ने छौं । यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौं ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरुले काम गर्न नपाएको पनि बताए ।





























प्रतिक्रिया